images
images

हाइड्रोपावर कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न पाउने, यस्तो छ नयाँ कार्यविधि


  • 1.5K
    SHARES
  • २०७८ आश्विन १० गते आइतबार

    हाइड्रोपावर कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न पाउने, यस्तो छ नयाँ कार्यविधि

    काठमाडौं । हाइड्रोपावर कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद शेयर जारी पाउने भएका छन् । गर्न अनुमति दिनेगरी विद्युत् नियमन आयोगले स्वीकृत गरेको ‘विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका-२०७८’ मा यस्तो व्यवस्था गरिएको हो । आयोगको असोज ७ गते बसेको बैठकले यो निर्देशिका स्वीकृत गरेको हो । 

    त्यसरी हकप्रद शेयर निष्कासन गर्न कुनै पनि कम्पनीले आफैँ वा आफ्नो बहुमत शेयर भएको कम्पनीमा आयोजनामा निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्काशन गर्नसक्ने निर्देशिकामा उल्लेख गरिएको छ । यस बमोजिम बढीमा २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न सकिने आयोगले जनाएको छ । 

    कुनै कम्पनीमा ५० प्रतिशत वा सोभन्दा कम लगानी रहेछ भने गर्नको लागि पनि हकप्रद शेयरको निष्काशन गर्न सकिनेछ। तर यसरी शेयर निष्काशन गर्दा उक्त आयोजना निर्माणको भौतिक प्रगति पच्चिस प्रतिशत भन्दा बढी भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा बढीमा १ सय प्रतिशत हकप्रद निष्काशन गर्न सकिनेछ। 

    त्यस्तै, हाइड्रोपावर कम्पनीका सहायक कम्पनीमा लगानी गर्नको लागि हकप्रद जारी गर्ने मुख्य कम्पनीले व्यवसायिक उत्पादन सुरु गरिसकेको हुनुपर्नेछ । आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हुनु पर्नेछ । आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको हुनु पर्नेछ । त्यस्तो मुख्य कम्पनी नेपालको धितोपत्र बजारमा सूचीकृत भएको कम्पनी हुनुपर्नेछ ।

    त्यस्तै कम्पनीले प्रारम्भिक शेयर निष्काशन गरे पश्चात् विभिन्न कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । तर यसको लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनु पर्नेछ । 

    निर्माण लागत बढ्न गएमा स्वः लगानीको भागमा हुन आउने रकमको लागि हकप्रद शेयर निष्काशन गर्न सक्नेछ ।  साथै आयोजनाको भौतिक प्रगति ८० वा सोभन्दा बढी प्रतिशत भएको हुनुपर्नेछ ।


    images

    Logo