images
images

दुई म्युचुअल फण्डको फन्डको इकाई मूल्य समायोजन 


  • 573
    SHARES
  • २०७८ आश्विन ११ गते सोमबार

    दुई म्युचुअल फण्डको फन्डको इकाई मूल्य समायोजन 

    काठमाडौं । दुई म्युचुअल फण्डको इकाई मुल्य समायोजन भएको छ ।

    नेप्सेका अनुसार नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको हो । 

    सोमबार नेप्सेमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ् व्यवस्थापक तथा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्ड दुई म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको हो । 

    नबिल ब्यालेन्स फन्ड–२ को ३५ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । नबिल ब्यालेन्स फन्ड–२ को प्रति इकाई मूल्य ११.०४ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १४.५४ रुपैयाँमा भएको थियो ।   

    नबिल इक्विटी फण्डको ४० प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको हो । नबिल इक्विटी फण्डको को प्रति इकाई मूल्य ११.५४ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १५.५४ रुपैयाँमा भएको थियो ।    

     

     


    images

    Logo