images
images

गुराँस लघुवित्तले गर्योे १७ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 349
    SHARES
  • २०७८ आश्विन ११ गते सोमबार

    गुराँस लघुवित्तले गर्योे १७ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

    आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लघुवित्त ले १६.९०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९८ प्रतिशत नगद गरी कुल १७.७९६ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    असोज २० गते बरेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीका अनुसार कम्पनीले शेयरधनीहरुलाई १६.९०६ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिनेछ । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

    हाल संस्थाको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ छ , बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ९ करोड ७५ लाख पुग्नेछ ।

     


    images

    Logo