images
images

२१ प्रतिशत लाभांश दिने प्रस्ताव सहित, केयर रेटिङग्स नेपालले बोलायो साधारणसभा


  • 811
    SHARES
  • २०७८ आश्विन १५ गते शुक्रबार

    २१ प्रतिशत लाभांश दिने प्रस्ताव सहित, केयर रेटिङग्स नेपालले बोलायो साधारणसभा

    काठमाडौ । केयर रेटिङग्स नेपालले साधारणसभा गर्ने भएको छ । कम्पनीले २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारणसभा गर्न लागेको हो । 

    भदौ २३ गते बसेको सञ्चालक समितिको ३३ बैठकले कम्पनीको पाँचौ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

    उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफा बाट २१.०५२६३ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने भएको छ । 

    सो कम्पनीको साधारणसभा कात्तिक ९ गते मंगलबार दिउँसो साढे २ बजे केयर रेटिङग्स नेपाल लिमिटेड दोस्रो तल्ला स्टार मल पुतलीसडक काठमाडौंमा बस्दैछ । 

    उक्त वार्षिक साधारणसभामा आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण उपर छलफल समेत गरिने जनाइएको छ । 

     


    images

    Logo