काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निषकासन प्रस्तावसहित साधारणसभा बोलाएको छ ।
जेठ ११ गते ९ बजे कम्पनीको कार्यालयमा बस्ने साधारणसभाले आईपीओ निष्कासन प्रस्तावका साथै आईपीओबाट आउने रकमको उपयोग कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने एजेन्डा बनाएको छ ।
सो कम्पनीले अहिले रुकुमको सिस्ने भुमे गाउँपालिकामा ५ मेतावाटको जलविद्युत् परियोजना निर्माण गरिरहेको छ । सो कम्पनीको स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटडको छ । सीईडीबी हाइड्रोमा पनि सोही कम्पनीको अधिकांश स्वामित्व थियो ।