images
images

४ महिनामा नेपाल भित्रिए १३ अर्बको स्मार्टफोन


  • 300
    SHARES
  • २०८१ मंसिर १० गते सोमबार

    ४ महिनामा नेपाल भित्रिए १३ अर्बको स्मार्टफोन

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालले १३ अर्ब भन्दा भेरै रकमको स्मार्टफोन आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा १३ अर्ब ४० करोड रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको हो । 

    विभागको तथ्यांक अनुसार ४ महिनामा नेपालले ८ लाख २७ हजार ९२५ वटा स्मार्टफोन आयात गरेको छ । 

    सो अवधिमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको तथ्यांकमा देखिएको छ । चीनबाट ४ महिनामा ९ अर्ब १९ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । जुन, कुल मोबाइल आयातको लगभग दुई तिहाई हो । त्यस्तै, चार महिनामा भारतबाट ४ अर्ब २ करोड बराबरको स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ ।

    चार महिनाको अवधिमा सरकारले स्मार्टफोन आयातबाट २ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

    गत आर्थिक वर्ष २०८०/८१ मा १८ लाख ३० हजार वटा स्मार्टफोन नेपाल भित्रिएको थियो । 


    images

    Logo