images
images

चार महिनामा घट्यो घरजग्गा कारोबार, राजस्व संकलन भने बढ्यो


  • 402
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    चार महिनामा घट्यो घरजग्गा कारोबार, राजस्व संकलन भने बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ, असोज र कात्तिकको तुलनामा यसपटक घरजग्गाको कारोबार घटेको हो । 

    गत आर्थिक वर्षको पहिलो ४ महिनामा १ लाख ४० हजार ८७६ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक घटेर १ लाख ४० हजार ६७४ मा सिमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १ लाख २२ हजार २८२ वटा लिखतपारित भएका थिए । 

    Likhat Parit.jpg
    Source : Department of Land Management and Archive

    लिखत पारितको संख्यामा गिरावट आएको भएतापनि राजस्व संकलन भने बढेको छ । चालू आर्थिक वर्षको ४ महिनामा घरजग्गाको कारोबारबाट १२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा यस्तो राजस्व संकलन १२ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को कात्तिकसम्ममा भने राजस्व संकलन ११ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । 

    Rajaswa Sankalan.jpg
    Source : Department of Land Management and Archive

     


    images

    Logo