काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) बढेको छ । सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २ हजार ६ सय ४५ दशमलव २७ अंकमा पुगेको हो । यो दिन बजारमा ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भयो ।
बजारमा आज सबै परिसूचक तथा उपसूचक बढेका छन् । १३ उपसूचकमध्ये सबैभन्दा बढी निर्जीवन बीमा र उत्पादनमूलक उद्योग समूहमा २ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।
आज बजारमा १ सय ८३ कम्पनीको कारोबार हुँदा १ सय ३५ कम्पनीको मूल्य बढेको छ । २६ कम्पनीको मूल्य घट्दा २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा राष्ट्रिय बीमा कम्पनी, समता लघुवित्त र रुरु जलविद्युत्को शेयरमा सकारात्मक सर्किट लागेको छ । विशालबजार कम्पनीको शेयरमा भने आज पनि नकारात्मक सर्किट ब्रेकर लागेको छ ।