images
images

पाँच महिनामै १५ अर्बभन्दा बढीको स्मार्टफोन आयात, चीनबाट मात्रै १० अर्ब ३५ करोड बढीकाे भित्रियाे


  • 334
    SHARES
  • २०८१ पौष ११ गते बिहीबार

    पाँच महिनामै १५ अर्बभन्दा बढीको स्मार्टफोन आयात, चीनबाट मात्रै १० अर्ब ३५ करोड बढीकाे भित्रियाे

    काठमाडौं । बितेको पाँच महिनामा नेपालमा करिब १० लाखथान स्मार्टफोन आयात गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नौ लाख ९० हजार ७५४ थान स्मार्टफोन नेपाल भित्र्याइएको छ ।

    उक्त संख्यामा स्मार्टफोन आयात गर्दा १५ अर्ब १८ करोड ११ लाख १८ हजार रुपैयाँ विदेशिएको छ । बितेको पाँच महिनामा स्मार्टफोनबाट मात्र सरकारले दुई अर्ब ८३ करोड नौ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, घाना, हङकङ, भारत, इराक, इजरायल, इटाली, जापान, जोर्डन, केन्या, दक्षिण कोरिया, कोसोभो, कुवेत, मलेसिया, लक्जेम्वर्ग, माल्दिभ्स, माल्टा, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, पोल्यान्ड, पोर्चुगल, कतार, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीडेन, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, युक्रेन, यूएई, बेलायत, अमेरिका, उज्वेकिस्तान र भियतनामबाट नेपालमा स्मार्टफोन आयात गर्ने गरिएको छ ।

    बितेको पाँच महिनामा चीनबाट मात्र १० अर्ब ३५ करोड ६१ लाख ७३ हजार रुपैयाँको सात लाख ४७ हजार ५६४ थान समार्टफोन नेपाल भित्र्याइएको छ ।


    images

    Logo