images
images

५ महिनामा नेपालबाट १ अर्ब ४ करोडको सिमेन्ट भारत निर्यात


  • 370
    SHARES
  • २०८१ पौष १६ गते मंगलबार

    ५ महिनामा नेपालबाट १ अर्ब ४ करोडको सिमेन्ट भारत निर्यात

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले १ अर्ब रुपैयाँ भन्दा बढी रकमको सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिर मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ बराबर रकमको सिमेन्ट निर्यात भएको हो । 

    ५ महिनामा १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको छ । जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । 

    यसै गरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । 


    images

    Logo