images
images

बैंकर्स संघको साधारणसभा आज, अनिल उपाध्याय नेतृत्वमा यस्तो बन्दैछ नयाँ कार्यसमिति


  • 265
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    बैंकर्स संघको साधारणसभा आज, अनिल उपाध्याय नेतृत्वमा यस्तो बन्दैछ नयाँ कार्यसमिति

    काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभा आज हुँदैछ । मंगलबार अपराह्न ४ बजे काठमाडौंको होटल र्याडिसनमा संघको साधारणसभा हुन लागेको हो । सो साधारणसभाले नयाँ कार्यकालका लागि अध्यक्षको घोषणा गर्नेछ । 

    संघमा अब कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय अध्यक्ष बन्ने पक्का भएको छ । नयाँ अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित समयमा उपाध्यायाले मात्रै दाबी पेश गरेपछि उनी सर्वसम्मत भएका हुन् । त्यस्तै संघमा रिक्त दुई सदस्यमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने सर्वसम्मत भएका छन् । 

    आजको साधारणसभाले अध्यक्षमा सर्वसम्मत भएका उपाध्यायको क्ति रहेको उपाध्यक्ष पदको समेत पदपूर्ति गर्नेछ । अबको उपाध्यक्षको बन्छ भन्ने एकीन भइनसकेको छैन । यद्यपि एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी उपाध्यक्ष बन्ने सम्भावना रहेको बताइन्छ । 

    यस्तो बन्दैछ नयाँ कार्यसमिति

    अध्यक्ष : अनिलकुमार उपाध्याय

    निवर्तमान अध्यक्ष : भुवनकुमार दाहाल

    उपाध्यक्ष : सदस्यहरु मध्येबाट एकजना तय हुन बाँकी

    सदस्यहरु :

    अनुपमा खुञ्जेली

    दीप कुमार डे

    कृष्णबहादुर अधिकारी

    सन्तोष कोइराला

    सुनिल केसी

    अजय विक्रम शाह

    रोशन न्याैपाने


    images

    Logo