काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने भएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज बुधबार र शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो ।
राष्ट्र बैंकले बिक्री गरेको विकास ऋणपत्र २०८० ‘ङ’ र २०८८ को ब्याज भुक्तानीको लागि कात्तिक २४ गते बुधबार र विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानीको लागि कात्तिक २५ गते शनिबार आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । शनिबार बिहान १० बजे देखि १२ बजेसम्म सञ्चालन हुनेछ ।