images
images

सार्वजनिक बिदाका दिन राजस्व कारोबार गर्ने काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन 


  • 328
    SHARES
  • २०७८ कार्तिक २४ गते बुधबार

    सार्वजनिक बिदाका दिन राजस्व कारोबार गर्ने काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन 

    काठमाडौं । सार्वजनिक बिदाका दिनमा पनि राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको काउन्टर खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

    मंगलबार एक सुचना जारी गर्दै बैंकले कात्तिक २५ गते बिहिबार र कात्तिक २६ गते सार्वजनिक बिदा परेका प्रदेशका राजस्व संकलन गर्ने काउन्टरहरु खुला राख्न निर्देशन दिएको हो । 

    बैंकले इजाजतप्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सो निर्देशन गरेको दिएको हो । राष्ट्रबैंकले राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालहरु करदाता सेवा कार्यालयहरु , भन्सार कार्यालयहरुको राजस्व बुझाउने काउन्टर,राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था एवम् नेपाल रयट्र बैंक पूर्णकालिन रुपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न÷गराउन निर्देशन दिएको हो । 


    images

    Logo