काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ९९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ११ स्क्रिपको ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५३ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज मानुषि लघुवित्तको शेयर मूल्य ९.५ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने दोल्ती पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।


