काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०८ अंकले बढेर २ हजार ६ सय १३ दशमलव ८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ११ स्क्रिपको ६ अर्ब १९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेर बन्द भएको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १ सय ६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.१० प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक १.०३ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मन्दाकिनी हाइड्रोपावर रहेको छ । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ।


