images
images

५२ अंकले बढ्यो नेप्से, कारोबार रकम ९ अर्बमाथि


  • 371
    SHARES
  • २०८१ माघ ९ गते बुधबार

    ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम ९ अर्बमाथि

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने उच्च अंक बढेर बन्द भएको हो।

    नेपला स्टक एक्सचेञ्ज (नेप्से) ५२.३६ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ४५ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ९ अर्ब ६ करोड रुपैयाँ बराबरको १ करोड ७५ लाख कित्ता शेयर किनबेच भएको छ ।  आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    बुधबार १ सय ९६ कम्पनीको शेयर मूल्य बढेको छ । ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर रहेको छ । त्यस्तै, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। 


    images

    Logo