काठमाडौं । महुलि लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत भएको छ । सोमबार कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ नेप्सेमा सुचीकृत भएको हो ।
उक्त कम्पनीको एफपीओ नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको छ।
एफपीओको बाँडफाँट गत पुस १९ गते गरिएको थियो। जसमा भाग्यमानी ४७ हजार ५५४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए भने तिनैमध्ये ९ जनाले थप १ कित्ताका दरले शेयर हात पारेका थिए।