काठमाडौं । एनआरएन डेभपलकेन्ट फण्डले चालुआर्थिक वर्षको ९ महिनामा १ रुपैयाँ ४८ पैसा आम्दानी गरेको छ । १ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी भएको एनआरएनले यो आर्थिक वर्षको चैतसम्म १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो आम्दानीका आधारमा सो कम्पनीको मूल्य आम्दानी अनुपात ४ सय २२ प्रतिशत हो ।
एनआरएन डेभलपमेन्ट फण्ड हाइड्रोपावर लगायत पूर्वाधार विकासको काम गर्न स्थापित कम्पनी हो । हालसम्म यो कम्पनीले लगानी गरिनसकेको र बैंकमा रहेको पैसा ब्याजको उतारचढावको कारणले ंआम्दानी गर्न नसकेको भन्दै आम्दानी धेरै नभएको प्रष्टिकरण फण्डले दिएको छ ।