काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २ हजार ६ सय ५७ दशमलव ७७ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएको १ सय ७७ कम्पनीको शेयर मूल्य बढेको छ । ६० कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।


