काठमाडौं । पाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूची अनुसार १०२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।
हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ छ। सूचीकृत आधाभन्दा धेरै कम्पनी मार्जिन कारोबारका लागि अयोग्य देखिएका हुन्। यसअघि नेप्सेले सार्वजनिक गरेको सूचीमा ११२ वटा कम्पनी थिए।
मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक मात्रै परेका छन् । यस्तै, ६ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था परेका छन् । यस्तै, यस सूचीमा ९ । जीवन बीमा, ९ निर्जीवन बीमा र एक पुनर्बीमा कम्पनी परेका छन् ।
नेप्सेका अनुसार लगानी समूहका ४ कम्पनी, उत्पादन समूहका ३ कम्पनी, जलविद्युत समूहका १५ कम्पनी, होटल समूहका २ कम्पनी, र अन्य समूहबाट एक कम्पनी मार्जिन कारोबारयोग्य सूचीमा छन् ।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।


