images
images

६९ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ महिनायताकै उच्च


  • 418
    SHARES
  • २०८१ माघ २० गते आइतबार

    ६९ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ महिनायताकै उच्च

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ३० स्क्रिपको १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको २ करोड ४८ लाख कित्ता शेयर किनबेच भएको छ । यस दिनको कारोबार रकम पछिल्लो ५ महिनायताकै उच्च हो। यस अघि गत भदौ १८ गते नेप्सेमा साढे १३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।  सोपश्चात भदौ १९ गते १२ अर्ब ९२ करोडको शेयर कारोबार भएको थियो। 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। गत मंगलबार ९ अर्ब ४० करोडको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकासबैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आइतबार सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ३० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ७ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त रहेका छन् । यस्तै, समता लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर मुल्य करिव १० प्रतिशतले बढेको छ । 


    images

    Logo