images
images

१४ अंकले घट्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 326
    SHARES
  • २०८१ माघ २२ गते मंगलबार

    १४ अंकले घट्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो।

    नेपाल स्टक एक्सचेञ्जन (नेप्से) १४.०८ अंकले घटेर २ हजार ७ सय १५ दशमलव ९१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत घटेको छ। त्यस्ते, यस दिन वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब २७ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन उर्जा विकास कम्पनीको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ।

    नेप्से घटेपनि यस दिन जोशी हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था र कालिका पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। 


    images

    Logo