काठमाडौं । समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ७६ रुपैयाँ १९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय २० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।