images
images

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 367
    SHARES
  • २०८१ माघ २४ गते बिहीबार

    हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात शुक्रबार बुकक्लोज गर्दैछ।

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान साढे १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश शेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


    images

    Logo