काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशसन गर्न नेपाल धितोपत्र बोर्ड ले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो ।
कम्पनीले हालकायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्काशन गर्ने छ ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासनमा ल्याउनेछ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि गत असार ९ गते बोर्डमा आवेदन दिएको थियो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।