काठमाडौं । हिमालयन लाइफ इस्योरेन्सकोे शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य ४ सय २८ रुपैयाँ ७७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ८८ रुपैयाँ ८० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।