काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ४२.०४ अंक बढेर २ हजार ६ सय ९९ दशमलव ८१ विन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो। यस साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से उच्च अंक बढेर बन्द भएको थियो।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ३९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.५४ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १७.८२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ११.६० प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १.५९ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७० अर्ब रुपैयाँ बढेर ४४ खर्ब ७९ अर्ब पुगेको छ।
१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। विकास बैंक उपसमूहको परिसूचक यस साता सर्वाधिक २.३७ प्रतिशत घटेको छ।
यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ।


