images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 578
    SHARES
  • २०८१ माघ २८ गते सोमबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावर रहेका छन् । 

    सोल्टी होटलको १० प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८ सय ९९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको ६ लाख ११ हजार ६ सय ५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    त्यस्तै, मन्दकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।यसरी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ ।  
     


    images

    Logo