images
images

नेप्सेसँगै बढ्यो कारोबार रकम, ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 373
    SHARES
  • २०८१ माघ २९ गते मंगलबार

    नेप्सेसँगै बढ्यो कारोबार रकम, ४ कम्पनीको शेयर मुल्यमा  सकारात्मक  सर्किट

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

     नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अंकले बढेर २ हजार ६ सय ८३ दशमलव ८६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९९ स्क्रिपको ७ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ३९ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार १ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ । ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपससमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०५ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको हो । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।


    images

    Logo