images
images

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ७१ करोड


  • 441
    SHARES
  • २०८१ माघ ३० गते बुधबार

    लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ७१ करोड

    काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८६ अंकले बढेर २ हजार ६ सय ८५ दशमलव ७३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ८ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज १ सय ३४ कम्पनीको शेयर मुल्य बढेको छ । ९९ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको ३१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । स्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ।


    images

    Logo