images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 340
    SHARES
  • २०८१ फाल्गुण १ गते बिहीबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पुनः घटेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अंकले घटेर २ हजार ६ सय ७८ दशमलव ४७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २ स्क्रिपको ७ अर्ब ९२ करोड रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    विहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ८ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ७६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६२ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको छ। लगानी र लघुवित्त उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

    आज एनआरएनको सर्वाधिक ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सीएचडीसीको २६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । राधी विद्युत कम्पनीको २० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

    विहीबार ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कुमारी सबल योजनाको इकाई, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स रहेका छन् । त्यस्तै, यस दिन बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। 


    images

    Logo