काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।बोर्डले आज फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ।
जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।