images
images

बीमा समितिले ल्यायो दुर्घटना बीमासम्बन्धी निर्देशिका, कति लाग्छ शुल्क ?


  • 355
    SHARES
  • २०७८ कार्तिक २९ गते सोमबार

    बीमा समितिले ल्यायो दुर्घटना बीमासम्बन्धी निर्देशिका, कति लाग्छ शुल्क ?

    काठमाडौं । बीमा समितिले दुर्घटना बीमासम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बीमा समितिले यस्तो निर्देशिका जारी गरेको हो । समितिले यसअघि विभिन्न कम्पनीले प्रस्ताव गरेको दुर्घटना बीमासम्बन्धी प्रस्तावहरुलाई स्वीकृत गर्दै आएकोमा अब सबै बीमा कम्पनीका लागि एकीकृत रुपमा निर्देशिका बनाएको हो ।

    समितिले जारी गरेको उक्त निर्देशिका अनुसार अब कुनै पनि बीमा कम्पनीले १ वर्ष वा सोभन्दा कम अवधिको लागि मात्रै बीमा गर्न सक्नेछन् । यस्तो बीमाको शुल्क व्यक्तिगत भएमा प्रतिव्यक्ति २ रुपैयाँ प्रतिहजार तोकिएको छ । सामुहिक दुर्घटना बीमाको हकमा प्रतिवर्ष २५ जनासम्म २ रुपैयाँ, २६ देखि १०० जनासम्मका लागि १.७५ रुपैयाँ र १०० जनाभन्दा बढीका लागि १.५ रुपैयाँ शुल्क तोकिएको छ । 

    एक वर्षभन्दा कम अवधिको लागि बीमा गर्दा त्यसको शुल्क कम लाग्ने भएको छ । तर, ६ महिना सोभन्दा बढीका लागि बीमा गर्दा भने एक वर्ष बराबकै शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

    ३ महिनादेखि ६ महिना अवधिको बीमा गर्दा वार्षिक बीमा शुल्कको ६० प्रतिशत र ३ महिनाभन्दा कम अवधिको बीमा गर्दा वार्षिक शुल्कको ४० प्रतिशत शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । एक महिनाभन्दा कम अवधिको बीमालेखका लागि भने बीमालेखको २५ प्रतिशत मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।


    images

    Logo