images
images

१९ अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 401
    SHARES
  • २०८१ फाल्गुण ४ गते आइतबार

    १९ अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । आइतबार शेयर बजार बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २ हजार ६ सय ९८ दशमलव ३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ९ अर्ब ४७ करोड रुपैयाँ बरारबको २ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ९२ करोडको शेयर किनबेच भएको थियो ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत घटेको छ। 

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सिईडिबी होल्डिङ्गसको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सक र पोखरा फाइनान्सको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।


    images

    Logo