काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका सञ्चालक ओम प्रकाश प्रसाईको राजीनामा स्वीकृत भएको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
सञ्चालक प्रसाईले आफ्नो व्यक्तिगत कारण देखाउँदै सोमबार राजीनामा दिएका थिए।