काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा बोलाएको छ । बिहिबार बिहान बसेको बैकको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधाराणसभा मंसिर २७ गते बोलाउने निर्णय गरेको हो ।
सो साधारणसभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौं स्थित हुँदैछ । उक्त साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । यस अनुसार मंसिर १२ गतेसम्म शेयर खरिद गरेका शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र सो साधारणसभामा सहभागि हुन पाउनेछन् ।
बैंकले कोभिड १९ को माहामारीको जोखिमका कारण साधारणसभामा अनलाईन प्रविधि मार्फत समेत सहभागि हुनसक्ने जनाइको छ ।


