काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५.७५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३ सय ४७ रुपैयाँ ४५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ४ सय २४ रुपैयाँ ९३ पैसामा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।