काठमाडौं । आइतबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले बढेर २ हजार ६ सय ९५ दशमलव ५५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २३ स्क्रिपको ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको विहीबार ५ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका २ सय २२ कम्पनीको शेयर मूल्य बढेको छ । २२ कम्पनीको शेयर मुल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४७ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।


