काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४४ अंकले बढेर २ हजार ६ सय ६६ दशमलव ६१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २१ स्क्रिपको ५ अर्ब ३० करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार १ सय २१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय २३ कम्पनीको शेयर मुल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ४० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । यसरी सकरात्मक सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् ।


