काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।