images
images

३४ अंकले बढ्याे नेप्से, ९ अर्ब ४१ करोडको कारोबार


  • 361
    SHARES
  • २०८२ आषाढ ३१ गते मंगलबार

    ३४ अंकले बढ्याे नेप्से, ९ अर्ब ४१ करोडको कारोबार

    काठमाडाैं । साताको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक ३४.४६ अंकले उकालो लाग्दै २७६०.१७ विन्दुमा पुगेको छ । आजको दिन बजारमा कुल ९ अर्ब ४१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

    आजको कारोबारमा अधिकांश कम्पनीका सेयर मूल्यमा सकारात्मक परिवर्तन देखिएको छ । कारोबारमा संलग्न २९४ कम्पनीमध्ये २०९ कम्पनीको सेयर मूल्य बढ्दा केवल ३९ कम्पनीको मात्रै घटेको छ ।

    समूहगत सूचकहरूमा सुधार आएको देखिएको छ । बैंकिङ समूह सबैभन्दा धेरै १.८१ प्रतिशतले वृद्धि भएकाे छ । त्यस्तै, फाइनान्स १.७९, विकास बैंक १.२२, हाइड्रोपावर १.७१, माइक्रोफाइनान्स १.२८ प्रतिशतले वृद्धि भएकाे छ ।

    २०९ कम्पनीको सेयर मूल्य बढ्दा पनि आज कुनै पनि कम्पनीको सेयर मूल्यले सर्किट ब्रेक पार गरेन । सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ८.०८ प्रतिशतले उकालो लाग्यो । त्यसपछि राप्ती हाइड्रो, भूगोल इनर्जी, ओम मेगाश्री फर्मास्युटिकल्स लगायतका कम्पनीको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो ।

    भगवती हाइड्रोपावर, शुभम् पावर, चिरख्वा हाइड्रो र सप्तकोशी विकास बैंकको मूल्यमा भने गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको कारोबार ५२ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसका साथै निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एशिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर पनि धेरै कारोबार भएका कम्पनीमा परे ।

    आजको कारोबारपछि सेयर बजारको कुल पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।


    images

    Logo