काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) २३.९३ अंकले घटेको छ । बिहीबार ३.७६ अंकले बढेरर २९८२.६४ विन्दुमा पुगेकाे नेप्से आज २३.९३ अंकले घटेर २९५८.७१ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २४९ कम्पनीहरुमध्ये ६३ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, म्युचुअल फन्ड र ट्रेडिङ इन्डेक्सबाहेक अन्यको सूचक बढेको छ ।
नेप्से परिसूचक घट्दा पनि २ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेड रहेका छन् ।
आज बजारमा २६ अर्ब ५७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । उच्च कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको १ अर्ब २ करोड ३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।


