images
images

हिमालयन बैंकको एफपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 625
    SHARES
  • २०८२ श्रावण १३ गते मंगलबार

    हिमालयन बैंकको एफपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ मंगलबार बिहान कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा बाँडफाँट भएको हो।

    एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । 

    जसमध्ये ९ लाख २५ हजार ४६ जनाले शेयर पाएका छन् । जसमा ९ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् ।

    बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

     

     


    images

    Logo