काठमाडौं । सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
१४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। जसमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ
बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज ११ गते हुनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


