images
images

गभर्नर अधिकारी भन्छन्, ‘पुसमा बैंकको ब्याज अझै बढ्छ’


  • 2.8K
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    गभर्नर अधिकारी भन्छन्, ‘पुसमा बैंकको ब्याज अझै बढ्छ’

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बैंक तथा वित्तीय संस्थाको ब्याजदर अझै बढ्ने बताएका छन् । बिहीबार अर्थ समितिको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटका कारण यो क्षेत्रमा ब्याजदर अझै बढ्ने आँकलन गरेको बताएका हुन् । 

    समितिले अर्थतन्त्रको वर्तमान अवस्था चुनौती, अर्थमन्त्रालयको काम कारबाही र भावी योजना लगायतमाको विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरेको छ । सो क्रममा अधिकारीले अहिले बैंकिङ क्षेत्रमा कायम भएको ८ प्रतिशत ब्याजदर धेरै नभएको भन्दै यो बढ्ने बताए । 

    ‘उनले यसरी तरलता अभाव हुनुको कारण बैंकिङ क्षेत्रले आक्रामक ऋण विस्तार गर्नु, स्रोतको आधार बढाउन नसक्नु, आयात बढ्नु, रेमिट्यान्स बढ्न नसक्नु, सरकारले पुँजीगत खर्च गर्न नसक्नु लगायत रहेको उनले बताए । योबीचमा बैंकिङ प्रणालीबाट साढे ३ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको उनको भनाइ छ । 

    उनले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले उचित बदम चाल्ने प्रतिवद्धता भने व्यक्त गरे । तरलता व्यवस्थापनका लागि मात्र राष्ट्र बैंकले साउनयता मात्रै नेपाल राष्ट्र बैंकले २३ खर्ब ८६ अर्ब तरलताबैंकिङ प्रणालीमा पठाएको बताए । उनले आयात निरुत्साहनका लागि समेत मौद्रिक नीतिको समीक्षामार्फत् विभिन्न व्यवस्था गरी कार्यान्वयनमा लगिएको समेत प्रष्ट पारे । आयातलाई निरुत्साहित गर्न राष्ट्र बैंक सम्बन्धित निकायसँग समन्वय समेत गरेको उनले बताए ।


    images

    Logo