images
images

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि


  • 227
    SHARES
  • २०८२ आश्विन २ गते बिहीबार

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि निष्काशन हुँदैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको  २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    सो हकप्रद शेयरमा लगानीकर्ताले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images

    Logo