images
images

दुई कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?


  • 491
    SHARES
  • २०८२ कार्तिक १४ गते शुक्रबार

    दुई कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?

    काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

    गुराँस लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको १४.२५ प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य २ हजार २१ रुपैयाँ ८८ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य २ हजार ३ सय १० रुपैयाँमा रहेको थियो । 

    त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनश शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य १ हजार ४ सय ५८ रुपैयाँ ३३ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य १ हजार ५ सय ७५ रुपैयाँमा भएको थियो । 

    मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा आइतबार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images

    Logo