images
images

खाद्यान्न र तरकारीमा उच्च मूल्यवृद्धि, माछा र मासुको घट्यो


  • 1.4K
    SHARES
  • २०७८ मंसिर २९ गते बुधबार

    खाद्यान्न र तरकारीमा उच्च मूल्यवृद्धि, माछा र मासुको घट्यो

    काठमाडौं । खाद्यान्न तथा तरकारीको मूल्यवृद्धि उच्च हुँदा देशको मुद्रास्फीति दर बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको कात्तिकमा आधारित मूल्यवृद्धि सर्भेक्षण अनुसार तरकारीमा २० प्रतिशत भन्दा धेरै मूल्यवृद्धि भएको छ । त्यस्तै, खाद्यान्नमा दाल तथा गेडागुडीजन्य वस्तुमा झन्डै १४ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । 

    त्यस्तै, घ्यु तथा तेलजन्य वस्तुमा १० प्रतिशत तथा सुर्तिजन्य पदार्थमा १० प्रतिशत मूल्य बढेको छ । अघिल्लो वर्षको यही समयको तुलनामा यो वषै खाद्यान्नमा औसत ५.७३ प्रतिशत मूल्य बढेको छ । यो अवधिमा गैरखाद्य वस्तुको मूल्यवृद्धि भने २.७५ प्रतिशत मात्रै छ । 

    यसपटक तराईमा औसतभन्दा बढी मूल्यवृद्धि भएको छ । काठमाडौं उपत्यका, पहाड तथा हिमाली क्षेत्रमा यस्तौ स्मूलयवृद्धि औसतभन्दा कम छ । 

    कुन खाद्यान्नको कति भयो मूल्यवृद्धि ? 

    अन्न : २.८८
    दाल तथा गेडागुडी : १३.७०
    तरकारी : २०.८८
    मासु तथा माछा : –०.४७
    दुध तथा दुधजन्य पदार्थ : १.९१
    घ्यु तथा तेल : ११.०३
    फलफूल : ६.२०
    चिनी तथा चिनीजन्य पदार्थ : ६.७३
    मसला : ०.०१
    गैरमदिराजन्य पेयपदार्थ : ४.४५
    मदिराजन्य पेयपदार्थ : ४.६९
    सुर्तिजन्य पदार्थ : १०.७३
    रेष्टुरेन्ट तथा होटल : ३.७५


    images

    Logo