काठमाडौं । २ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।सोमबार स्वस्तिक लघुवित्त वित्तीय संस्था र बन्दीपुर केबलकार एण्ड टुरिजमको आईपीओ सूचीकृत भएको हो ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाको ५ लाख ७७ हजार ५ सय कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सो कम्पनीको सुरुवाती कारोबार मूल्य न्युनतम १ सय ७१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने अधिकतम ५ सय १५ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको कुल २ करोड ८३ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम मूल्य ९५ रुपैयाँ २४ पैसा र अधिकतम २ सय ८५ रुपैयाँ ७२ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
उक्त कम्पनीहरुको शेयर सोमबार नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।


