काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको हो।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले घोषणा गरेको ४० प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य १ हजार ३८२ रुपैयाँ २१ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य १ हजार ९ सय ३५ रुपैयाँ १० पैसामा रहेको थियो ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २.५ प्रतिशत बोनश शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य ६ सय रुपैयाँ ३९ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ६ सय १५ रुपेयाँ ४० पैसामा भएको थियो ।
मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा आज ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


